पुस २२, काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुने जनाएको छ ।
यस्तै, पश्चिमका केही स्थानका साथै मध्य र पुर्वी भूभागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
मंगलबार राति पनि पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली र बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हिमपात हुने जनाइएको छ ।
महाशाखाले पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा आग्रह गरेको छ ।