प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन

पुस २१, भरतपुर – भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गरे ।

पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् ।

उनका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ।