पुस २०, काठमाडौं –दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब छ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ ।
संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज सिलवालले उद्घाटन गर्दै ललिपुरको दक्षिण भेग बत्तीमुनिको अध्यारोको रुपमा रहेको हुँदा विकासमा फड्को मार्न आफूले ध्यान दिएको जानकारी दिए ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घमार्फत मुलुकको ५३ जिल्लाका ३०० सहकारी संस्था मार्फत साँढे पाँच लाख घरधुरीमा विद्युत् सेवा पु¥याएको बताए । उनले भने , “सरकारले मुलुकको ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गर्न लागेको छ । ”
संस्थाका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरेले १८ वर्षअघि सञ्चालन गरिएको सो संस्थाका कारण आज दक्षिण ललितपुर क्षेत्रमा झिलीमिली बत्ती बल्न सफल भएको बताए ।
अनलाइनबाट विद्युतीय महसुल तिर्ने व्यवस्थाको शुरुआत गरिएको, २७ विद्यालयमा नवीकरणीय ऊर्जासम्बन्धी पाठ्यक्रम लागू गरिएको, उद्यमी महिलाका लागि संस्थाले कर्जा प्रदान गरिएको, महिलाई आत्मनिभर बनाउन संस्थाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको, महाँकाल गाउँपालिकाको उन्यूचौरमा विद्युत् प्रवाहका लागि सस्टेशन निर्माण गर्ने योजना अघि बढाइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
रासस