उखु किसानको सवै रकम उठाइ दिने मन्त्री भट्टको आश्वासन

पुष १८, काठमाडौ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले प्राप्त गर्नुपर्ने सम्पूर्ण बक्यौता माघको पहिलो साताभित्र उठाइदिने विश्वास दिलाएका छन।

रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै मन्त्री लेखराज भट्टले उखु किसानले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको वताएका हुन ।

“ ढुक्क भएर घर फर्किए हुन्छ । ” चिनी मिलबाट उखु बिक्रीवापतको भुक्तानी पाउन लामो समयदेखि काठमाडौँको माइतीघरमा आएर भद्र प्रदर्शनी गर्दै आएका किसानलाई मन्त्रिले भने “ सबै रकम माघको पहिलो साताभित्र उपलब्ध गराउन सरकारले मिल सञ्चालकलाई कडा निर्देशन गरिसकेको छ । शंका नर्गनुहोस।”

कार्यक्रममा वोल्दै उखु किसान सङ्घर्ष समितिका सचिव हरिश्याम रायले मन्त्रीको भनाईले विश्वास दिलाए पनि लिखित सम्झौता नभएसम्म घर नफर्कने वताए । उनले विगतमा आफुहरुलाई धोका भएको पनि वताए ।