पुस १५, काठमाडौं – काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा एन आई सी एशियााको शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरेका छन् ।
शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखा सञ्चालनमा आएका छन् ।
एन आई सी एशियाा बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।