पुस १२, काठमाडौं –अजोड इन्स्योरेन्सले ३० करोडको आईपिओ प्रस्ताव पारित गरेको छ ।
शुक्रबार सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदनमा छलफल पश्चात सो प्रस्ताव पारित गरेको हो ।
सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्स गत आवको बार्षिक साधारणसभा गर्ने पहिलो कम्पनी हो ।