देशभर चिसो बढ्यो

पुस १३, काठमाडौं – वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो ।

भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।

पृथ्वीको सतहबाट १०÷१२ किमि उचाइभन्दा माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने मोसमद्हिरुले बताएका छन् ।