पुष १०, काठमाडौ -सुनसरीको धरान उपमहानरपालिका– १५ मा आफ्नै श्रीमान्को कुटाइबाट श्रीमतीको वुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको प्रहरीले जनाएको छ।
पारिवारिक विवाद चर्किदै जादा श्रीमान् काजीमानको कुटाईवाट श्रीमती गंभिर घाइते भएकी थिइन ।
घाइते रमिलाको उपचारका क्रममा घोपा अस्पताल धरानमा मृत्यु भएको थियो ।
प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।