सम्बन्ध विच्छेद पछि रामकृष्णले भने ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’

पुस ९, काठमाडौं – चर्चित गायक गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएको छ ।

उनीहरुबीच काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको हो। जसलाई अदालतले समेत पुष्टि गरिसकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाले उनीहरुको सम्बन्धविच्छेदको मुद्दाको किनारा लगाएका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार नीलमले रामकृष्णसँग अंश नलिने र छोरी रानी आमासँग रहने सहमति भएको छ । ढकालले आफ्नो सम्बन्ध विच्छेदमाथि आएका प्रतिक्रियालाई लक्षित गर्दै सामाजिक सञ्जालमा त्यस विषयमा लेखेका छन् ।

उनले निलमसँगको सेल्फी राख्दै, ‘अरुले के भन्छन् ,त्यसमा कुनै सरोकार छैन, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’ भनेर लेखेका छन्।