पुस ७, काठमाडौं – बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को अध्यक्षमा नरेन्द्र डङ्गोल निर्वा्चित भएका छन । सिजपको ०७६ को साधरण सभा तथा अधिवेशनमा २ बर्षे कार्यकालका लागि डङ्गोल निर्वाचित भएका हुन् ।
उपाध्यक्षहरुमा मिना शर्मा र नवल किशोर यादव, महासचिवमा राजेश शर्मा, कोषाध्यक्षमा रन्त उप्रेती छन भने निर्वा्चित हुने सदस्यहरुमा टिकाराम आर्चाय, चन्दा कुमारी गुरुङ्ग, टिका फुलारा, रुद्र मसराङ्गी, दिपक शर्मा, कुमारी ममता झा, अनिता निराला र प्याग नेपाल रहेका छन् ।
(सिजप) अभियान बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको साझा संजाल हो । २००१ बाट शुरुवात गरि नेपालमा सन् २००३ देखि बालबालिका तथा विद्यालय शान्तिक्षेत्र हुन र समग्र बाल संरक्षणका मुद्दामा वकालत गर्दै आएको छ ।
निर्वाचित अध्यक्ष डङ्गोलले बालअधिकारका क्षेत्रमा कानुन निर्माण, तिनका सेवा प्रवाह, संयन्त्रहरु निर्माण र सवलीकरणमा सरकारहरु संग सहकार्य गर्ने बताएका छन् ।