पुस ६, काठमाडौं –इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ । शनिबार भएको खेलमा घरेलु टोली म्यान्चेस्टर सिटीले लेस्टरलाई ३ –१ गोलअन्तरले पराजित गरेको हो ।
जितसँगै १८ खेलबाट ३८ अंक बनाएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको लेष्टरको समान खेलबाट ३९ अंक छ । यता, लिग लिडर लिभरपुलको भने १७ खेलबाट ४९ अंक छ ।