सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट थालिने

पुस ४, काठमाडौं – प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते मात्रै थालिने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्ष समितिको बैठकले पुस ११ गते १ बजे बस्ने संसदको बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

प्रतिनिधी सभाको आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, यसबिचमा दिवंगत पूर्व सांसदको शोक प्रस्ताव पारित गर्ने र मौन धारण गर्ने कार्यसूची छ।

संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी हुन्। सभामुखले बोलाउने गरेको उक्त बैठक उपसभामुख तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा बोलाएकी हुन्।