मंसिर ४, काठमाडौं – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन ।
खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २)७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका वीचमा सहमति जट्न नसकेको हो ।
सो विषयमा समितिको बैठकमा गत मङ्गलबारदेखि छलफल हुदै आएको छ .समितिका सदस्यले अन्तरराष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेका थिए ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी मान्नु पर्ने बताए ।
बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले सो विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ । .