पुस ३, काठमाडौं – चितवन राइनोजका शुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।
आजको जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ । यद्यपि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् ।