जिम्बावेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ


पुस २ एजेन्सी – मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा, मुद्रा अपचलनसम्बन्धी पाँचवटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकरी दिएका छन् ।