पुस १, काठमाडौं – मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की(२ बाट प्रतिनिधिसभाका लागि निर्वा्चित सांसद विद्या भट्टराईको सपथ आज अपरान्ह १ बजे हुने भएको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सपथ गराउने तयारी रहेको छ । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने भन्ने संविधानको धारा ९१(४) थप स्पष्ट रहेको हुँदा त्यसलाई टेकेर उपसभामुख तुम्बाहाम्फले पद तथा गोपनीयताको सपथ दिन लागेकी हुन् ।
यौन दुव्र्यव्यहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि उक्त पद रिक्त भएकोले उपसभाखुबाट नेपालमै पहिलो पटक पद तथा गोपनीयताको सपथ हुन लागेको हो ।