मंसिर ३०, काठमाडौं – मालपोत कार्यालय सिरहाका मालपोत अधिकृत रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
मण्डललाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उच्च अदालत जनकपुर इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा आयोगले मण्डललाई पक्राउ गरेको हो ।
मण्डला माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।