एसबिआएई बैंकले १६.८४ प्रतिशत लाभांश दिने

मंसिर ३०, काठमाडौं – नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ ।

बैंकको आइतबार काठमाडौंमा बसेको २६ औं आर्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको हो ।

बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने तथा आवस्यक सहमति गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने÷गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कमहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।