मिस वर्ल्डको ताज जमैकनकी टोनीलाई

मंसिर २९, एजेन्सी – ६९ औं मिस वर्ल्ड प्रतियोगिताको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन् ।

लोरिडा स्टेट युनिभर्सिटीकी ग्रयाजुएट २३ वर्षीया टोनीले विश्व प्रतिष्ठित ताज जितेकी हुन् ।

जितपछि अश्वेत वर्णकी उनले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफनो उपाधि सदुपयोग गर्ने बताइन् ।

टोनीले मिस टयालेन्ट उपाधि पनि जितेकी छन् ।