अवैध लागूऔषध सहित एक पक्राउ

मंसिर २४, काठमाडौं – अवैध लागूऔषध सहित वीरगंजमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ६० वर्षीय रामबालक बैठा रहेको प्रहरीले बताएको छ । उनलाई वीरगंज महानगरपालिका १४ गण्डक चोकबाट करिब ११ केजी ८ सय ग्राम अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।