भुटानलाई २–१ ले हराउदै नेपालले जित्यो स्वर्ण

मंसिर २४, काठमाडौं – भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । फाइनल भिडन्तमा नेपालले भुटानलाई २ –१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २ –१ को जितसँगै स्वर्ण जितेको छ ।

नेपालले पछिल्लो पटक सन् २०१६ मा भारतमा भएको १२औं सागमा घरेलु टोलीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । यस्तै सन् १९९४ को पहिलो संस्करणमै फुटबलको स्वर्ण जितेको नेपालले १९९३ मा छैटौ संस्करणमा पनि स्वर्ण जितेको थियो ।