हुम्लामा हिमपातले ल्यायो खुसी

मंसिर १३, काठमाडौं – हुम्लामा चिसो बढेको छ। बिहीबार साँझदेखि हिमपात भएसँगै चिसो बढेको हो ।

जिल्लामा गत वर्ष कार्तिकमै हिमपात भएको थियो। चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन्। हिमपातपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।