मंसिर १३, काठमाडौं –त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलका अनुशार उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।