मंसिर १३, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यावस्थाबारे बिहिबार साँझ जानकारी लिएकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्न साँझ ७ः४० बजे पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपाका नेता जनार्दन शर्मा तथा राप्रपा, समाजवादी पार्टीलगायत दलका नेताहरु पनि अस्पताल पुगेकी हुन् ।