मंसिर १२, काठमाडौं – १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ ।
समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए ।