मंसिर १०, काठमाडौं – यदि तपाई पहिलोपटक जागिर गर्दै हुनुहुन्छ भने केहि कुरामा बिशेष ध्यान दिनुपर्दछ । पहिलोपटक जागीर गर्दा अफिसमा के गर्ने के नगर्ने केहि थाहा हुदैन । यस्तो अवस्थामा केहि लापरबाही समेत हुन सक्छ । प्राइभेट कम्पनीमा जागिर भए त सानो गल्तीले पनि जागिर जान सक्ने सम्भावना हुन्छ । यसकारण जागिर गर्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।
ड्रेसअपमा ध्यान
ड्रेसअपमा ब्यत्तित्व झल्किने भएकाले सबैभन्दा पहिला आफ्नो ड्रेसअपमा ध्यान दिनु जरुरी हुन्छ । अफिसमा फर्मल ड्रेस लगाउनु उपयुक्त हुन्छ । अफिसमा लाइट रंगका ड्रेस लगाउदा राम्रो हुन्छ ।
कुरा नकाट्ने
अफिसमा एक अर्काको कुरा नकाट्ने । यदि अर्काको कुरा काटेमा अनावश्यक कुराहरु हाकिमसम्म पुग्ने गर्दछ । जसले गर्दा आफुलाई हानी पुग्न सक्दछ ।
अफिसमा राम्रो सम्बन्ध बनाउने
अफिसमा भएका स्टाफहरुसंग राम्रो सम्बन्ध बनाउने कोशिस गनुपर्दछ । आफु सबैको प्यारो बन्न खोज्ने । अफिसमा आफ्नो फरक ब्यत्तिव्व बनाउने प्रयत्ज गनुपर्दछ ।
काममा ध्यान दिने
अफिसमा रहदा आफ्नो काममा फोकस हुनुपर्दछ । समयमै आफ्नो कामको परिणाम देखाउन सक्नुपर्दछ ।