मंसिर ७, काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न नहुने बताएका छन् ।
अन्तर्रा्ष्ट्रिय बौद्ध एकता सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताएका छन् ।
दुईदिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिएका छन् । सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी छन् ।