काठमाडौं महानगरपालिकाले अब चार दिनमात्रै फोहोर उठाउने

मंसिर ३, काठमाडौं – काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ । नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो ।

यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।

विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो।

विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।