कात्तिक २८, काठमाडौं –बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको छ ।
ढाकास्थित क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९३ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै नेपालले खडा गरेको १९४ रनको लक्ष्य पूरा गर्यो ।
भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पूरा गरे । सन्वीर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाए । बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन चुके ।
नेपालका कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १र१ विकेट लिए । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।