दुतावास अगाडि जलाइयो भारतीय झण्डा

 

कात्तिक २२, काठमाडौं – भारतले हालै जारी गरेको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेपछि देशका विभिन्न क्षेत्रमा प्रदर्शनहरू भैरहेका छन् ।

शुक्रबार बिहानै काठमाडौँमा नेविसंघले प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।

शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । नेविसंघले बिहिबार भारतीय दुताबास घेराउ गरेको थियो ।

सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले आज लैनचौरस्थित भारतीय दूतावास घेराउ गर्ने भएको छ ।