कात्तिक २१, काठमाडौं – २०७४ साल यता १६ हजार २ सय १९ मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ । थप मतदाता संगै अहिले उपनिर्वाचनमा मतदाताहरुको संख्या ४ लाख ५४ हजार १ सय ११ पुगेको छ ।
उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । तोकिएका स्थानहरुमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न समय तोकिएको छ ।
मतदानमा सहभागी हुने मतदाताहरुले अनिबार्य रुपमा आफ्नो परिचयपत्र लिएर जान आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुशार थप गरिएका मतदाताहरुको परिचयपत्र तयार गरी बितरण गर्न पठाइसकेको छ । अन्यले भने २०७४ सालमा बितरण गरिएको परिचयपत्र साथमा लिएर मतदान केन्द्र जानुपर्ने उनले बताए ।