कात्तिक १९,काठमाडौं – सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई मंगलबार बिहान सपथ गराउने भएको छ ।
आइतबार सातवटै प्रदेशका प्रमुखहरुको बर्खास्त गरेसँगै सरकारले नयाँ प्रदेश प्रमुखहरुको नाम आज सार्वजनिक गरेको थियो । उनीहरुलाई भोलि बिहान पौने ९ बजे राष्ट्रपति कार्यालय शितल निवास मा सपथको कार्यक्रम तय भएको बताइएको छ ।
सरकारले सिफारिस गरेका प्रदेश प्रमुखहरुमा प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।