कात्तिक १८, काठमाडौं– आफ्नो सवारी साधन चोरी भएमा, हराएमा कहा जाने के गर्ने चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरीले निम्न प्रक्रिया पुरा गरी सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको छ ।
१ यदि तपाईको सवारी साधन निवेदन भर्नका लागि निवेदन फर्म प्रहरी महाशाखाको website . traffic.nepalpolice.gov.np मा निशुल्क डाउनलोड गर्न सकिन्छ ।
२ हराएको सवारी साधनको सवारी दर्ता किताब फोटोकपी गरी निवेदन साथमा राख्नुहोला ।
३ सवारी साधन हराएको मिति, समय, स्थान, ईन्जिन तथा चेसीस लगायतका कुराहरु निवेदनमा उल्लेख गर्नुहोस ।
४ निवेदन दर्ताको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइमा सम्पर्क गर्न सक्नुहुनेछ ।
५ प्रहरीलाई १०३ मा फोन गरेर हराएको सुचना दिन पनि सकिनेछ ।