त्रिविको १९ औ उपकूलपति बने धर्मकान्त बाँस्कोटा

कात्तिक १७, काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।  बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको १९ उपकुलपति हुनेछन् ।