कात्तिक १७, काठमाडौं – डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको१९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो।