माग सम्बोधन नभए थप संघर्ष गर्ने जेष्ठ नागरिक समुहको तयारी

कात्तिक १७, काठमाडौं – अग्रज सेवा नेपालले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारसंग गुनासो पोखेका छन् ।

नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुन नसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले बताए ।

उनले भने “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा सङ्घर्ष ग¥यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन”,

नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । सङ्घर्षबाट केही उपलब्धीहरु प्राप्त भए पनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराईले बताएका छन् ।

स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन–कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।

समाजले आफ्नो माग सुनुवाइ नभए थप सङ्घर्ष गर्ने तयारी गरिसकेको छ ।