कात्तिक १७, काठमाडौं –काठमाडौ महानगरपालिकाले निजी बिद्यालयलाई लेखा परिक्षक खटाउन कडा निर्देशन दिएको छ ।
बिद्यालयले कात्तिक मसान्त सम्म पनि लेखा परिक्षक नखटाए महानगरले आफै खटाउने चेतावनी दिएको हो ।
बिद्यालय ब्यबस्थापन समितिको निर्णयमा कात्तिक मसान्त सम्म पनि लेखा परिक्षक नखटाए महानगरले आफै खटाउने निर्णय गरेको काठमाडौ महानगरपालिका शिक्षा बिभागकी शिक्षा अधिकारी निर्मला केसीले इमेलखवरलाई बताइन् ।
उनले भनिन् “महानगरले पटक पटक सुचना जारी गरेपनि निजी बिद्यालयले लेखा परिक्षक खटाउन अटेर गरेपछि महानगर आफैले खटाउने निर्णय गरेको हो ।” उनका अनुसार आर्थिक बर्ष २०७५ ७६ को आयब्ययको लेखा परिक्षण गर्न असोज ९ गतेदेखि लेखा परिक्षकको नियुक्ति भइरहेको छ । \
त्यस्तै महानगरले नगर भित्र संचालित सामुदायिक र संस्थागत बिद्यालयहरुले बिद्यार्थी, शिक्षकलगायतको बिबरण पनि कात्तिक मसान्तसम्म बुझाउनु पर्ने निर्देशन दिएको केसीले बताइन् । उनले अगाडी भनिन “बिबरण नबुझाए कक्षा ८, ९ र १० को परीक्षा आवेदन भर्न समेत नदिने र कार्यलयको अभिलेखबाट समेत विद्यालयको नाम हटाइने निर्णय भएको छ ।”