छठमा भिलीमिली कमलपोखरी – फोटोफिचर

कात्तिक १६, काठमाडौं – शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज हर्षोल्लासपूर्वक मनाइएको छ ।

आज साझमा कुण्ड, पोखरी र तलाउमा भक्तजनहरुको भिडभाड देखियो । यस पर्वमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिने गरिन्छ ।

बिशेषगरि तराईबासीहरुले मनाउने यो पर्वमा काठमाडौंका पोखरीहरुमा पनि घुइचो लागेको थियो ।

यसै क्रममा छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीका केहि दृश्यहरु