नेकपाले आइतबार उम्मेदवारकोे टुङ्गो लगाउने

कात्तिक १६, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनका अनुशार समय अभावले आजको बैठकबाट उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो ।

पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय  ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको  श्रेष्ठले  बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डाइलासिसपछि सामान्य अवस्थामा काम गरिरहेका छन् ।

रासस