कात्तिक १५, काठमाडौं – जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी आइतबारसम्मका लागि जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
छठ पर्वलाई मध्येनजर गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बिहीबार नै एक सूचना जारी गरी ४ दिनसम्म माछामासु र मदिरा निषेध गरिएको जानकारी गराएका हुन्।
सामान्य प्रशासन ऐन २०२८’ को दफा ६ बमोजिम जारी गरिएको सूचनाविपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ। साथै उक्त क्षेत्रमा सुरक्षाा ब्यबस्था समेत कडा पारिएको छ ।