कात्तिक १५, काठमाडौं – झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ ।
‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ ।
यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठ वटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लोपटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् ।
प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय टोली सिक्किम आक्रामक र सङ्कटा क्लब मोलवे आसामको सहभागिता रहने बताइएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।