कात्तिक १४, काठमाडौं –कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । लक्ष्मीपूजा गरेको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो ।
झडपपछि प्रशासनले आज बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।
कर्फ्यु तोड्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर स्थानीय सुरज पाण्डेको मृत्यु भएको जनाएको छ। गोली लागेर घाइते भएका सुरजलाई स्थानीय मन्नत क्लिनिकमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।