हिमालय एयरलाइन्सको काठमाडौं –बेइजिङ उडान सेवा सुरु

कात्तिक १३, काठमाडौं – हिमालय एयरलाइन्स्ले चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्ने नयाँ तालिका सार्वजनिक गर्दै कात्तिक १० गते उडान सुरु गरेको छ ।

एयरलाइन्स्ले बेइजिङकालागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको हो ।

चीन नेपाल भित्रिने पर्यटकहरुको दोस्रो ठूलो बजार बाहेक नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो । हालैका बर्षहरुमा व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ ।

यसले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गरिरहेको छ ।