नेपालको दोस्रो लामो पुल निर्माण पूरा

कात्तिक १३, काठमाडौं – नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।

निर्माण सेवाले आर्थिक वर्ष २०७२र७३ देखि निर्माण कार्य शुरु गरेको हो । यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् ।