कात्तिक १३ गते सरकारले दियो सार्वजनिक विदा

कात्तिक ७, काठमाडौं – सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते विदा माग गरेकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।