तालिबानी आक्रमणमा १५ प्रहरी मारिए

कात्तिक ६,  एजेन्सी   –  अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अली अबद जिल्लामा आक्रमणबाट १५ जना प्रहरी मारिएका छन् ।
प्रान्तीय परिषद्का सदस्य घुलम रबनीका अनुसार दुई अधिकृतहरु घाइते छन् ।

अफगान सुरक्षा फौजले पछिल्लो केही सातादेखि तालिबानीविरुद्ध कारवाही तिब्र पारेपछि यस्तो आक्रमण भएको हो । अफगानिस्तानको कुन्दुज प्रान्त तालिबानी समूहको बलियो नियन्त्रणमा रहेको क्षेत्र मानिन्छ ।