कात्तिक ६, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किदै छिन् ।
जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यानमारबाट जापान गएकी थिइन् । राष्ट्रपति भण्डारी मंगलबार जापानी सम्राटको गद्दी आरोहण समारोहमा सहभागी भइन् ।
जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् । म्यानमार भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी थिए ।