कात्तिक ६, काठमाडौं – सैन्य भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि छन् । हवल्दार र दुई जवान सैनिक हिरासतमा छन् ।
सैनिक प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। भर्ना छनोट भइरहेको सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरूविरुद्ध लागेको छ ।
सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी ६ जना पनि पक्राउ परेका छन् । गैरसैनिकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन ।