कात्तिक ५, काठमाडौं – पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति आकर्षण बढ्दै गइरहेको छ ।
जुम्लाबाट यस बर्ष स्याउ निर्यातको मात्रा बढेको छ । यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुशार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको देबकोटाले बताएका छन्
। जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन् ।
रासस