१३ अर्ब ५० करोडको लागतमा बन्ने नागढुंगा सुरुङमार्ग आज शिलान्यास गरिदै

कात्तिक ४, काठमाडौं – काठमाडौं नागढुंगाा सुरुङमार्ग निर्माण शिलान्यास आज हुँदै छ । जापान सरकारको सहयोगमा निर्माण हुने यस सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । यो सुरुङमार्ग काठमाडौं नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको २७ किलोमिटर लामो हुनेछ । उक्त सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ ।

एक महिनाअघि सुरुङमार्ग निर्माणको लागि नेपाल सरकारको तर्फबाट सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माआन्द्रोबीच सम्झौता भएको थियो । टुटेपाखादेखि सिस्नेखोलासम्मको दुरीमा दुई वटा सुरुङमार्ग निर्माण गरिने छ । तीन लेनको सुरुङमार्गमा सवारी साधन चलाइने छ । सुरुङमार्ग सँगै ठाउँ–ठाउँमा आवश्यकता अनुसार फ्लाइओभर, ओभरपास र सडक निर्माण गरिनेछ ।

सुरुङमार्ग निर्माणमा १३ अर्ब ५० करोड खर्च हुनेछ । निर्माण कम्पनीसँग उक्त बजेटमा सम्झौता भएको छ भने यसको अनुगमन खर्च भन्दै झन्डै एक अर्ब रुपैयाँ छुट्याइएको विभागले जनाएको छ । सुरुङमार्ग निर्माणको लागि जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण दिएको छ।